नेपालगन्ज - लुम्बिनी प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रका लागि करिब ४ करोड २५ लाख ४४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
विश्वविद्यालयका अनुसार सोमध्ये २ करोड ९८ लाख ७८ हजार रुपैयाँ प्रवेश परीक्षामा आधारित छात्रवृत्तिका लागि छुट्याइएको छ भने १ करोड २६ लाख ६६ हजार रुपैयाँ लक्षित वर्ग, आर्थिक रूपमा विपन्न तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई प्रदान गरिनेछ।
छात्रवृत्ति अन्तर्गत यस वर्ष B.Tech in Civil Engineering, B.Tech in IT Engineering, B.Tech in CS & AI तथा B.Tech in IT कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले लाभ लिन सक्नेछन् ।
भर्ना सम्बन्धी सम्पूर्ण जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ । प्रवेश परीक्षा फाराम २०८२ भदौ ११ गतेसम्म भर्न सकिनेछ ।
थप जानकारीका लागि ltu.edu.np तथा https://entrance.ltu.edu.np मा हेर्न सकिने विश्वविद्यालयले जनाएको छ।
