उपप्रमुख लेखकद्वारा महिला कर्मचारी र जनप्रतिनिधीलाई माला र पोते उपहार

शाख न्यूज    प्रकाशित: २०८२-५-७ गते   ३३५ पटक हेरिएको

कंचनपुर - भीमदत्त नगरपालिका महेन्द्रनगरले आफना महिला जनप्रतिनिधि र कर्मचारी हरुसंग हरीतालिका विषेश कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको हरीतालिका तिजको पूर्व सन्ध्यामा महिला कर्मचारीहरु, महिला जनप्रतिनिधीहरुलाइृ माला पोते उपहार दिएर हरी तालिका विषेश दर खाने कार्यक्रमको आयोजना शनिबार गरिएको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी को अध्यक्षता ,प्रमुख अतिथीमा जिल्ला समन्वय समिती उप प्रमुख राम कुमारी राना र विशिष्ट अतिथीमा प्रमुख प्रशासकीय अधिकृत महेश बमको उपस्थितिमा भएको थियो ।

नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिलाको आत्मबल, एकता र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै पोते माला प्रदान गर्दै महिलाको भूमिकालाई अझ सशक्त बनाउन यस्ता अवसरहरूले उत्साह र प्रेरणा जगाउने भन्दै  उपप्रमुख लेखकले शुभकामना संदेश समेत दिएकी थिइन् ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै रहेको उपप्रमुख लेखकले भनिन् ।

तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा विकृतिहरू तीजको समयमा व्यापक भएको हुँदा यस्ता गतिविधि रोक्न सबैलाई आग्रह गरिन ।

यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी रहेको उपप्रमुख लेखकले बताइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech