नेपालगन्जको जुवाखालबाट वरिष्ठ सईसहित १४ हाइप्रोफाइल जुवाडे पक्राउ

शाख न्यूज    प्रकाशित: २०८२-६-२३ गते   १२९ पटक हेरिएको

नेपालगन्ज - बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियताले नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट  नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज-बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो। 

मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र खोलिएका ८ र  नखोलिएका दुई गडडी तास समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप जुवा ऐन कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय बाँके  उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech