भारतीय बजारबाट ल्याइएका लाखौँका पटाका बरामद गरि नष्ट

शाख न्यूज    प्रकाशित: २०८२-६-२५ गते   २४२ पटक हेरिएको

कञ्चनपुर : कञ्चनपुरमा  व्यवसायिक समान तस्करी गैर कानुनी भएपनि व्यवहारिक रुपमा समान्य जस्तै छ । तर, प्रतिबन्धित समान्य प्रकृतिका बिस्पोटक पदार्थ(पटाका)मा पनि सेटिङ्गमै भएको रहस्य खुलेको छ ।

भारतीय बजारबाट सहजै लाखौँका पटाका व्यवसायीले खुलेयाम भित्र्राएको एक रहस्य खुलेको हो । प्रहरीले जिल्ला मुकाम महेन्द्रनगर बजारबाट एक व्यवसायीको घरमा गोदाममा राखेको अवस्थामा पटाका बरामद गरेको व्यवसायीहरुलाई पनि पक्राउ गरेको छ । तिहारका लागि भारतीय बनबासा, टनकपुर, खजुरिया सहितका बजारबाट ल्याएका पटाका कञ्चनपुर प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भीमदत्त नगरपालिका ३भाँसी महेन्द्रनगर व्यवसायिक खडक पालको घरबाटै बरामद गरेको बताए । प्रवक्ता बोहराका अनुसार २८लाख, ९८ हजार ६५० रुपैया बराबरका विभिन्न प्रकारमा पटका बरामद गरिएको छ ।

यती ठुलो परिमाणमा पटाका जस्तो सम्वेदनशिल बस्तु कसरी सीमा क्षेत्रबाट नेपाल भित्र्रिएको नागरिकले प्रशन गरिरहेका छन । जिल्लाका सबै तिर खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका युनिट भएपनि यसरी खुलेयाम पटाका तस्करीले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटमाथि प्रशन खडा गरिदिएको छ ।

साथै व्यवसायीहरुले भन्सारमा अन्य कुनै समानको राजस्व कटाएर पटाका भित्र्राएको समेत अर्थ लगाईरहेका छन । कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले बरामद गरिएको पटाका नष्ट गरिएको बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech