प्रेम सिंह बाँके २७ असोज - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे सामान नेपालगन्जबाट सोमबार बरामद गरेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं- २ घरबारी टोलबाट भन्सार छलि गरि ल्याईएकाे करिब एक लाख बराबरको लत्ताकपडा बरामद गरेकाे हाे ।
घरबारीटोल सडक खण्डमा भारतबाट अबैध मालसामानहरु ल्याएको भन्ने सुचना प्राप्त भएलगत्तै परिचालन भएकाे टाेलीले साे सामान पक्राउ गरेकाे वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बम जनाएका छन् ।
गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बमको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध रुपमा भन्सार छलि गरि ल्याईएको कुर्ता सुरुवाल ३४ थान, धोति १२ थान र वच्चाले लगाउने अन्डर ट्राउजर ३ सय ३६ पिस गरी अन्दाजी जम्मा बजार मुल्य ९४ हजार रुपैयाँ बराबरको वेवारिसे सामान बरामद गरिएकाे हाे ।
बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालयमा पठाईएकाे वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।