बाँके ०२ कार्तिक - बिगत लामो समय देखि स्वरुप परिवर्तन गरिएका नेपाली तथा भारतीय मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही गर्दै आएको छ।
समाजमा ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। स्वरूप परिवर्तन गरिएको भारतीय यु.पि ३२ जि.डि ०३०० नम्बर प्लेट र नेपाली नम्बर प्लेट सहित ७ वटा मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रिया शुरु गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् ।
शहरी तथा ग्रामिण क्षेत्रमा हो हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउने मोटरसाईकलहरु, आफ्नो वरपरको क्षेत्रमा चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर सहित प्रहरीलाई खबर गर्न प्रहरी निरीक्षक बमले आग्रह गरेका छन् ।
साथै कुनै पनि सवारी साधनको बास्तविक स्वरुप परिवर्तन नगर्न, नगराउनु हुन सम्बन्धित सबैमा प्रहरी निरीक्षक बमले अनुरोध गरेका छन् ।