नेपालगन्ज - जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा भन्सार छलि गरि ल्याईएकाे सामान बरामद गरेकाे छ ।
भन्सार छलि गरि ल्याईएकाे तिन लाख भन्दा बढीको लत्ताकपडा सहित चिसो पेय पदार्थका सामान बरामद गरेकाे हाे ।
बिभिन्न मितिमा अबैध रुपमा भन्सार छलि तस्करी गरी ल्याएको लत्ता कपडा, सुपरपावर सुर्ती, माउन्टेन डिउ , कोक नामक पेय पदार्थ, ई-रिक्सा र सो मा लाग्ने ब्याट्री सहित चकलेट लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जिवराज थापा क्षेत्रीले जानकारी दिएका छन् ।।
अन्दाजी मुल्य रु ३ लाख २५ हजार १ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी ढुवानीमा प्रयोग भएको सवारी साधन र मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।