नेपालगञ्ज - कन्हैया(अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक कमल बि.के। निर्मोहीलाई प्रदान गरिएको छ ।काठमाडौंमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । ५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ बरिष्ठ लोक गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए ।
वरिष्ठ गायक निर्मोही अशक्त भई कार्यक्रममा सहभागी हुन नसकेका कारण संयोजक शाहले पुरस्कार ग्रहण गरेका हुन् । निर्मोही दुबै मिर्गौला फेल भएर उपचारार्थ छन् । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, पुरस्कारका संस्थापक सुप्रसिद्ध गायक कन्हैया सिंह परियार र गायिका अञ्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कार निर्मोहीको निवास नेपालगञ्जमै आएर हस्तान्तरण गरिने संयोजक शाहले बताए ।