होलि ल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

शाख न्यूज    प्रकाशित: २०८२-७-२४ गते   १६६ पटक हेरिएको

नेपालगन्ज २३ कार्तिक – होलि ल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले र मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गरेकी थिइन् ।

यसैगरी छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालगन्ज सेन्ट जेभियर्सकी करिष्मा पासी र मनिषा बोगटीले गोल गरेका थिए । नेपालगन्ज मोडेलको तर्फबाट भावना खड्काले मात्र गोल गरेकी हुन ।

यसैगरी छात्र तर्फको खेलमा कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले बालज्योती एकेडेमी कोहलपुरलाई ३–० ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीसँग खेल्नेछ ।

आइतबार कोहलपुर बागेश्वरीलाई जित दिलाउन हेमन्त सिंह धामीले १३औं मिनेट, सोहन जैसीले २४औं मिनेट, रोहित खड्काले २८औं मिनेटमा गोल गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech