सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका चौधरी पक्राउ

शाख न्यूज    प्रकाशित: २०८२-८-१२ गते   ३७२ पटक हेरिएको

कैलाली - ईलाका प्रहरी कार्यालय मालाखेति कैलालीले सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका गोदावरी नगरपालिका वडा न.-१० बस्ने ४० वर्षिय राम लाल चौधरीलाई शुक्रबार पक्राउ गरेको छ।

विगत लामो समयदेखि फरार रहेका चौधरीलाई  इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डिएसपी रन बहादुर चन्दको कमाण्डले पक्राउ गरेको थियो ।

फरार अभियुक्त चौधरीलाई प्रहरीले लामो समयदेखि निगरानीमा राख्दै आएको भएपनि हालसम्म पक्राउ गर्न सकेको थिएन तर कार्यालय प्रमुखका रुपमा डिएसपी चन्द हाजिर भए यता इलाका प्रहरी कार्यालय मालाखेति र आसपासका क्षेत्रमा शान्ति सुरक्षा देखि लिएर अपराध नियन्त्रणमा समेत उत्तिकै प्रभावकारीता रहेको स्थानिय बताउछ्न। 

प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका चौधरीले  २०६६ कार्तिक ०६ गते चलाएको से १ त २९८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सवार ४ जना घाइते भएकोमा १ जनाको उपचारका क्रममा मृत्यु भएको घटनामा बारदात स्थान बाट भागि फरार रहेका थिए ।

पक्राउ परेसँगै प्रतिवादी चौधरीलाई जिल्ला  अदालत कैलालीमा पेश गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो सफलता संगै वर्षौंदेखि फरार रहेर सजायबाट जोगिन खोज्नेहरूलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासन निरन्तर सक्रिय रहेको इलाका प्रहरी कार्यालय मालाखेति कैलालीका सुचना अधिकारी एवम् प्रवक्ता प्रहरी निरीक्षक पुस्कर राज पन्तले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech