कैलाली - गोदावरी नगरपालिका–२ स्थित नमस्ते अन्नपूर्ण होटल अत्तरियाबाट साढे ७ किलो चरेश र डिजिटल तराजुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छबिसपाथिभरा गाउँपालिका–७ बझाङका २९ वर्षीय बमबहादुर धामी, छबिसपाथिभेरा–५ का ५२ वर्षीय जनक जाग्री, महाकाली नगरपालिका–२ दार्चुलाका ४२ वर्षीय रूपसिंह सितोली र सुर्मा गाउँपालिका–३ बझाङका २५ वर्षीय अमृत बोहरा छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शुक्रबार साँझ गोप्य सूचनाका आधारमा विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट साढे सात किलो चरेश र एक थान डिजिटल तराजु बरामद गरिएको अपरेसनका कमान्डर प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले जानकारी दिएका छन् । थप अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए ।