प्रहरीद्वारा अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन नियन्त्रण

शाख न्यूज    प्रकाशित: २०८२-८-२७ गते   ३०२ पटक हेरिएको

बाँके - खजुरा गाउँपालिका क्षेत्रभित्र अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानमा ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले एउटा जेसीबी, एउटा टिपर  र ११ वटा  ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाउँपालिकाले नियम विपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारी साधनलाई लाखौँ रुपैयाँ बराबरको जरिवाना तिराएर छोडिएको हो ।

अवैध उत्खनन्का कारण वातावरणीय जोखिम बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाई गर्ने जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech