थारु म्युजिक भिडियो "सँगे महि लइरि चलो" गोचाली मिडिया द्वारा सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०७७-६-७ गते   १२८९ पटक हेरिएको

प्रेम सिंह एस. के. बाँके ७ असोज - बर्दियाको भुरीगाउँस्थित बनबिरपूर भन्ने स्थानमा सँगे महि लइरि चलो बोलको थारु म्युजिक भिडियो गोचाली मिडिया द्वारा सार्वजनिक भएको छ । थारु गित संगितको तिब्र गतिमा चर्चा परिचर्चा भइरहेकोले म्युजिक भिडियोहरु  धमाधम छायाङंकन हुनुका साथै सार्वजनिक पनि भइरहेका छ्न । उक्त म्युजिक भिडियो थारू कला संस्कृतिका तथा पहिचान झल्काउने किसिमले निर्माण गरिएको निर्देशक सत्यनारायण चौधरी (फेटारा) ले बताउनुभयो ।
बजारमा नेपाली गितसंगितका साथै थारु गितसंगितको महत्त्व पनि बढिरहेको छ । त्यसका साथै आम मानिसहरुले मनपनि पराइरहेका हुन्छन् । यसरी एक पछि अर्को गरि थारु गितहरु सार्वजनिक भइरहेकाले थारु समुदायका साथै अन्य समुदायका मानिस हरु पनि उत्साहित भएका छन । सो गितको म्युजिक भिडियो बुधबार सार्बजनिक गरिएको युनिटले जनाएको छ । छायांकन गरिएको  बोलको थारू गितमा गायक सन्तराम थारु  र गायिका समिक्षा चौधरीका साथै शब्द संगित पनि सन्तराम थारु को रहेको छ । उक्त भिडियोमा चर्चित मोडल बिकास चौधरीका साथै लक्ष्मी चौधरी, सरोज चौधरी र राधा चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । गोचाली मिडिया प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोको छायांङकन खडक चौधरी ले गर्नुभएको छ भने  निर्देशन सत्यनारायण चौधरी (फेटारा) रहेका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech