चर्चित गायक खुमन र गायीका इस्बलको लाइभ लोकदोहीरीमा दर्शक रमाए

सोमवार नेपालगन्ज महोत्सवमा चर्चित गायक टंक तिमिल्सेना, गायीका शान्ति श्री परियार, मोडेल निशा गिरीको बेजोड प्रस्तुती

शाख न्यूज    प्रकाशित: २०८२-१०-४ गते   ८६ पटक हेरिएको

नेपालगन्ज ०४ माघ – नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक खुमन अधिकारी र गायीका इस्बल सन्ज्यालको लाइभ लोकदोहीरीमा दर्शक रमाएका थिए।यस्का साथै गायीका सन्ज्यालले चर्चित धान रोप्ने हुन, चलगोविन्दी, झुम्के बुलाकी, मोहनी लायो झुम्के बुलाकीले मोहनी लगायो, तिमी कता हराउने म कता हराउने, सानी मान्छे, कल धाराको पानी, हातमा लायो शुन्य, बैमानीले ढाट्यो, यति माया लगायत दर्जन बढि गित प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेका थिए । सन्ज्यालले गित प्रस्तुत गर्दा दर्शक रमाएका थिए ।

 गायक खुमन अधिकारीले मायालुले भिर्ने झोला मैले भिर्न मिल्ला कि न मिल्ला गितको बोलबाट सुरुवात गरेका गायक अधिकारीले हाना हान दोहरीमा दम छ, यो मान्छे चिन्छौं, हात समाइ हिड, छोरा मान्छे भएपछि एउटा दुईटा लभ त पर्छ, माया पानको पात लगायतका दर्जन बढि गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । माया पानको पातमा लाइभ दोहीरी प्रस्तुत गर्दा दर्शक झनै रमाएका थिए । 

 यस्तै मोडेल निशा गिरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्दा दर्शक भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिएका छन् । 

महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताएका छन् । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिएकी थिइन् ।

यस्तै भोली सोमवार नेपालगन्ज महोत्सवमा चर्चित गायक टंक तिमिल्सेना, गायीका शान्ति श्री परियार, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले जानकारी दिएकिछिन । महोत्सवको सोमवार उद्घोषक तिलक गाउँले र आरजे रास्कोटीले संचालन गर्ने  आयोजकले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech