चर्चित गायक टंक र गायीका शान्तिका चर्चित गितमा दर्शक रमाए

मंगलबार गायक बद्रि पंगेनी, गायक शिव जि.एम., गायिका एन्जिला रेग्मी, डान्सर विन्दु विष्ट लगायत साथमा स्थानिय कलाकारको बेजोड प्रस्तुति

शाख न्यूज    प्रकाशित: २०८२-१०-५ गते   ७६ पटक हेरिएको

नेपालगन्ज ०५ माघ – नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक टंक तिमिल्सेना, गायीका शान्ति श्री परियारका चर्चित गितहरुमा  दर्शक रमाएका थिए।

यस्का साथै गायीका शान्तिश्री परियारले चर्चित हिजो राती सपनीमा चुम्मन गरे राजै, न्याउली बनैमा, हितैको माया,कम्मरमा पाटुकी, जुनेली रातै रातमा, लौन नी भैया हान्देउ गुलेलीले, अरेली काडैले मलाइ च्वास्सै च्वास्सै, गलबन्दि च्यातियो तिमले तानेर लगायत लगायत दर्जन बढि गित प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेका थिए । 

गायक टंक तिमिल्सिनाले चर्चित गीत फुक्क फुक्क गाला चर्चित गीत कुवाको पानी घैलामा, वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तिम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कर्णाली, अछामबाट म सुर्खेत आकोछु, नाचिदेउ सैया दनादन लगायतका दर्जन बढि गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यस्तै मोडेल निशा गिरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्दा दर्शक भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिएका छन् । 

महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताएका छन् । 

यस्तै  मंगलबार  नेपालगन्ज महोत्सवमा चर्चित गायक बद्रि पंगेनी, गायक शिव जि.एम., गायिका एन्जिला रेग्मी, डान्सर विन्दु विष्ट लगायत साथमा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजक टिमले जनाएको छ । महोत्सवको मंगलबार उद्घोषक तिलक गाउँले र आरजे रास्कोटीले संचालन गर्ने  आयोजकले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech