चर्चित गायक बमले महोत्सवमा दर्शकलाई नचाए

शनिबार नेपालगञ्ज महोत्सवमा चर्चित मोडल तथा नायक पल शाह गायक सुमन बि.टी., गायिका भुमिका मगर, गायक चन्द्र घायल, गायिका दिलमाया विश्वकर्मा, डान्सर भावना चौधरी लगायतको बेजोड प्रस्तुती

शाख न्यूज    प्रकाशित: २०८२-१०-९ गते   २५१ पटक हेरिएको

बाँके - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव शुक्रबार  नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक चक्र बमको सांगीतिक प्रस्तुती दर्शकका लागि मुख्य आकर्षण बनेको छ ।

महोत्सवमा चर्चित गायक बमले ‘यो पहाडिया बिग्रीयो जाड्को झोलमा ’ बोलको चर्चित गीत प्रस्तुत गरेपछि महोत्सव हेर्न आएका दर्शक रमाएका थिए । साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा चर्चित गायक बमले ‘ओइ काजल, चुइगम पड्काउन्या’ ‘नाच भुन्टी नाच’, पश्चिमेलि चेलो छैन है कमको, ‘हाइ कली’ ,'भन साली तेरी दि कां छ, अंग्रेजी नबोल्दे…, लाल कुर्तीवाली तेरो नाम बताइदे…, कर्णाली कर्णाली तिर..’, हातकी बाली, ओ मेरी भाउजु बहिनी मिलाइदेउ पिरती लाउँछु, चेलो पश्चिमे हो ,पहाडी गित छम्म छम्म, बम्बई गैजाने, क्या गित बजायो डिजे वालाले लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । बमले देउडा गीतलाई लोक ‘फ्युजन’ बनाएर पनि धेरै गीतहरु पस्किएका थिए । यसका साथै उनले महोत्सव हेर्न नेपालगन्ज महोत्सवमा आएका दर्शकहरूलाई डेउडा पनि खेलाएका थिए।

महोत्सवमा डान्सर टीका जैसी र भावना चौधरीले दमदार नृत्य प्रस्तुत गरेकी थिइन् भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिएका छन् । 

महोत्सवमा गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी दिएका छन् । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ । महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै भोली १० गतेशनिबार नेपालगञ्ज महोत्सवमा चर्चित मोडल तथा नायक पल शाह गायक सुमन बि.टी., गायिका भुमिका मगर, गायक चन्द्र घायल, गायिका दिलमाया विश्वकर्मा, डान्सर भावना चौधरी लगायतको बेजोड प्रस्तुती रहने छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech