गढवा गाउँपालिकामा नयाँ बरिष्ठ लेखा अधिकृत वलीको स्वागत

शाख न्यूज    प्रकाशित: २०८२-१०-१४ गते   १२७ पटक हेरिएको

दाङ १४ माघ - गढवा गाउँपालिकामा सरुवा भई आउनु भएका बरिष्ठ लेखा अधिकृत खिमलाल वलीलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत गरिएको छ।

तुल्सीपुर उपमहानगरपालिका, दाङबाट सरुवा भई गढवा गाउँपालिकामा कार्यभार सम्हाल्न आएका बरिष्ठ लेखा अधिकृत वलीको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नव–आगन्तुक बरिष्ठ लेखा अधिकृत वलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गढवा गाउँपालिकाको आर्थिक प्रशासनलाई थप सुदृढ र पारदर्शी बनाउने अपेक्षा व्यक्त गरिएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech