उम्मेदवार राईलाई युवाहरुको समर्थन

शाख न्यूज    प्रकाशित: २०८२-११-१५ गते   ७५४ पटक हेरिएको

नेपालगन्ज - नेकपा एमाले बाट प्रतिनिधि शभा सदस्य बाके क्षेत्र न २  का उम्मेदवार इस्तियाक राईलाई समर्थन गर्दै युवाहरु अग्रपंक्तिमा रहेका छन । शुक्रबार जकियुदिन खान र इकबाल राईको  नेतृत्वमा २ दर्जन भन्दा बढी युवाहरु ले समर्थन जनाएका छन् ।

उम्मेदवार राईले विकास, एकता र राजनीतिक सशक्तिकरणको पक्षमा रहेको हुँदा समर्थन गरेको जकिउदिन खानले जानकारी दिएका छन् ।

त्यसैगरी पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानुनी तथा नीतिगत सुधार, युवाहरूको मागलाई सम्बोधन समेत गर्ने भएकाले युवाहरूले उम्मेदवार राईलाई  समर्थन गरेको युवा नेता इकबाल राईले जानकारी दिएका छन् । 

नीतिनियम र कानुनी सुधार, स्थानीय सवालहरु,सद्भाव र समावेशी विकासको एजेण्डा लिएर इस्तियाक राई मतदातामाझ आएकाले समर्थन गरेको युवाहरुले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech