बाँके - नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले विजयी भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए । राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए ।