बाँके - भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा प्रहरीले सेक्स टोय अर्थात् यौन खेलौना बरामद गरेको छ ।

जानकी गाउँपालिका वडा नम्बर १ स्थित नेपाल भारत सिमानाका सिबपुरी क्षेत्रबाट प्रहरी चौकी साईगाउँको टोलिले चाइनामा उत्पादन भएको अवैध सेक्स टोय अर्थात यौन खेलौना शुक्रबार बिहान फेला पारेको थियो ।
सहायक हवल्दार निराजन ओली र प्रहरी जवान लोकेन्द्र सिंह ठकुरी लगायतको टोलिले भारतबाट अवैध रुपमा ल्याइएको सो सेक्स टोय बरामद गरिएको थियो ।
बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारबाहीका बुझाइने प्रहरीले बताएको छ ।