मालपोत कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना

शाख न्यूज    प्रकाशित: २०८२-१२-३ गते   ३४१ पटक हेरिएको

बाँके - बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईले चुनावको बेलामा गरेको एउटा प्रतिबद्धता पूरा गरेका छन् ।

एमालेबाट प्रत्यासी रहेका राईले आफूले चुनाव जितेमा १५ दिनभित्र मालपोत कार्यालयमा हेल्प डेस्क राखेर निःशुल्क जग्गाधनी प्रमाण पूर्जाको श्रेस्ता कायम गराउने प्रतिबद्धता गरेका थिए ।

चुनाव जितेलगत्तै राईले प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गरेका छन् ।

हेल्प डेस्कको उद्घाटन गर्दै नवनिर्वाचित सांसद राईले अहिले जनशक्ति कम रहेकाले सकेसम्म लेखापढी कर्मचारीलाई पैसा दिन नसक्नेलाई सेवा लिन आग्रह गरे । उनले भने,‘अहिले जनशक्ति कम छ । जोसँग पैसा छैन, तिनीहरुले सेवा लिनु होला । जनशक्ति बढाएपछि सबैलाई समेट्छौँ ।’

जेनजी आन्दोलनका बेला लालपूर्जा जलेपछि अहिले त्यो बनाउन मालपोत कार्यालयमा भीड लागेको छ । जग्गाधनी लालपूर्जाको श्रेस्ता कायम गर्न लेखमपढी व्यवसायीले २ हजारदेखि ३ हजारसम्म लिने गरेको पाइन्छ । निःशुल्क हेल्प डेस्कबाट सेवा लिदा त्यो पैसा लाग्दैन ।

हेल्प हेस्क उद्घाटनमा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्जका मेयर प्रशान्त विष्ट, मालपोतका प्रमुख सविनसिंह चौधरीलगायतको उपस्थिति थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech