अवैध रूपमा भित्र्याइएका विभिन्न किराना तथा इन्धन सामग्री बरामद

शाख न्यूज    प्रकाशित: २०८३-३-२ गते   ३८४ पटक हेरिएको

नेपालगन्ज २ असार - सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. खडैचाबाट खटिएको विशेष टोलीले सीमा नाकाबाट अवैध रूपमा भित्र्याउँदै गरेका विभिन्न सामग्रीहरू बरामद गरेको छ। बि.ओ.पि. खडैचाको कमान्ड सम्हाल्दै आएका सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्टको नेतृत्वमा रहेको टोलीले उक्त अवैध सामानहरू नियन्त्रणमा लिएको हो।

विशेष सूचना र गस्तीको क्रममा प्रहरी टोलीले अवैध रूपमा भित्र्याइँदै गरेका करिब १ लाख ५० हजार रुपैयाँ बराबरको पेय पदार्थ, सुर्तीजन्य वस्तु, डाल्डा घिउ, डिजल, सर्फ तथा चक्लेट लगायतका विभिन्न किराना सामानहरू फेला पारेको प्रहरी निरीक्षक भट्टले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक भट्टका अनुसार पछिल्लो समय सीमा नाकामा निगरानी कडा पारिएको छ। अवैध तस्करी र भन्सार छलीका घटना रोक्न बि.ओ.पि. खडैचा टोलीले लगातार सक्रियता बढाउँदै सामानहरू बरामद गर्दै आइरहेको छ। बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech