तस्करी र राजस्व चुहावट विरुद्ध ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी, बाँकेको 'शून्य सहनशीलता' नीति

कार्यसम्पादन र कमान्ड कन्ट्रोलमा कमजोरी, विभागीय निर्देशन पालना नगरेको पाइएपछि सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सुरु भएको छ। सशस्त्र प्रहरी निरीक्षक जगत रावललाई बढैया बिओपी इन्चार्ज बनाएर खटाइएको छ।

शाख न्यूज    प्रकाशित: २०८३-३-२१ गते   ५७० पटक हेरिएको


प्रेम सिंह 

नेपालगन्ज - बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय सुरक्षा व्यवस्था अत्यन्तै सुदृढ र प्रभावकारी बनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेको कमान्ड सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भिम बहादुर चन्दले सम्हालेपछि सिमानाका र संवेदनशील ग्रामीण क्षेत्रहरूमा सुरक्षा गस्ती, चेकजाँच र अवैध गतिविधि नियन्त्रण अभियानले नयाँ गति लिएको हो।

नेपालगञ्जस्थित जमुनाहा मुख्य नाकासहित बाँके जिल्लासँग जोडिएका विभिन्न खुला सिमानाको सुरक्षा र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले आफ्नो विशेष रणनीतिक परिचालन सुरु गरेको छ। राष्ट्रिय सुरक्षा, आन्तरिक शान्ति, राजस्व चुहावट नियन्त्रण र सीमापार अपराध रोक्नका लागि एसपी चन्दको नेतृत्वमा ३० नम्बर गण मातहतका सबै गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) र सुरक्षा बेसहरूलाई 'हाई अलर्ट' (उच्च सतर्कता) मा राखिएको छ।

एसपी चन्दले कमान्ड सम्हालेलगत्तै "शून्य सहनशीलता" (Zero Tolerance) को नीति अवलम्बन गर्दै सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि र तस्करी नियन्त्रणमा कडाइ गर्दै आएका छन् । उनको कुशल रणनीतिक योजना र कडा निर्देशनका कारण अहिले नाकाहरूमा राजस्व छली पूर्ण रूपमा निरुत्साहित भएको स्थानीय बासिन्दा र सरोकारवालाहरू बताउँछन्। सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र सरकारी नीतिको पूर्ण पालनामा कुनै सम्झौता नगर्ने रणनीति अन्तर्गत निगरानीलाई तीव्र पारिएको हो। यसै अभियानका क्रममा आफ्नो जिम्मेवारी वहन गर्न नसक्ने सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सुरु भएको छ। 

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेले कार्यसम्पादन र कमान्ड कन्ट्रोलमा कमजोरी, सीमा नाकामा तस्करी नियन्त्रणमा उदासीनता देखाएको र विभागीय निर्देशन पालना नगरेको पाइएपछि तानिने गणले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक जगत रावललाई बढैया बिओपीको नयाँ इन्चार्ज बनाएर खटाइएको छ। 

अहिले सीमा नाकाहरूबाट अवैध रूपमा भित्रिन सक्ने कपडा, मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, हार्डवेयरका सामान, प्रतिबन्धित तरकारी, फलफूल, पेय पदार्थ, मासुजन्य तथा अन्य अबैध सामग्रीहरूको आयात रोक्न विशेष अपरेसन टोली परिचालन गरिएको छ। अवैध मार्ग प्रयोग गरी हुने मालसामानको तस्करी पूर्ण रूपमा ठप्प पार्न र सीमा सुरक्षालाई थप मजवुत बनाउन चौबिसै घण्टा गस्ती र कडा निगरानी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । हाल यस गण मातहत विभिन्न गुल्महरू र बीओपीहरू क्रियाशील छन्, जसले सिमानाको चौबीसै घण्टा पहरेदारी गरिरहेका छन्।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सक्रियता देखाउँदै आएको छ। पछिल्ला दिनहरूमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिहरूले संगठनको प्रतिबद्धता र कार्यकुशलता थप पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने सबै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति, सुरक्षा र कानूनी शासन कायम गर्न यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।

सशस्त्र प्रहरी बल ३० नम्बर गणको कडा निर्देशन र चेकिङकै परिणामस्वरुप  अवैध सामान बरामद हुने क्रम उल्लेख्य रूपमा बढेको छ। सीमामा हुने कडाइले गर्दा भन्सार तिरेर मात्र सामान ल्याउन बाध्य भएका छन्, जसले राज्यको राजस्व संकलनमा ठूलो टेवा पुऱ्याएको छ। लाखौँ मूल्य बराबरका अवैध तथा भन्सार छलिका सामग्री सशस्त्र प्रहरीको टोलीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरिएको छ । एसपी चन्दको स्पष्ट अडान छ कि— "कानुन विपरीत ल्याइने कुनै पनि सामान छुट पाउने छैन, भन्सार छलेर राज्यलाई नोक्सान पुऱ्याउने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइनेछ।"

सुरक्षा संगठनभित्र एक इमानदार र अनुशासनप्रिय कमान्डरको रूपमा पहिचान बनाएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चन्दले ३० नम्बर गणको नेतृत्व लिएपछि सीमा सुरक्षा व्यवस्थापनमा परिवर्तन देखिएको छ। उनले परम्परागत सुरक्षा ढाँचालाई परिमार्जन गर्दै सूचनामा आधारित (Intelligence-led) सुरक्षा कारबाहीलाई जोड दिएका छन् । गणपतिको कार्यभार सम्हाल्ने बित्तिकै एसपी चन्दले मातहतका सबै विओपी तथा बेस इन्चार्जहरूलाई स्पष्ट निर्देशन दिँदै भने — "देश र नागरिकको सुरक्षा हाम्रो पहिलो कर्तव्य हो। सीमा क्षेत्रमा हुने सानोभन्दा सानो लापरबाही सह्य हुने छैन। राष्ट्रिय हित र राजस्व वृद्धिका लागि सबैले इमानदार भएर कर्तव्य पालना गर्नुपर्छ।"

सुरक्षा व्यवस्थालाई कडा बनाउने नाममा आम नागरिक र सर्वसाधारणले दुःख पाउनु हुँदैन भन्ने कुरामा एसपी चन्द सचेत छन् । उनले "सुरक्षा र सेवा" दुवैलाई सँगसँगै लैजाने नीति लिएका छन् । सीमा नाकामा ओहोरदोहोर गर्ने सर्वसाधारण, बिरामी, वृद्धवृद्धा र आन्तरिक पर्यटकहरूसँग सभ्य, नम्र र सहयोगी व्यवहार गर्न सकल दर्जाका प्रहरीहरूलाई उनले निर्देशन दिएका छन् ।

दृढ इच्छाशक्ति र कडा कमान्डका कारण सिमानाकामा गरिएको कडा चेकजाँच र अवैध गतिविधि विरुद्धको शून्य सहनशीलताको नीतिले न्यूनतम विन्दुमा झारेको छ। देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षा र आन्तरिक सुशासन कायम राख्न सशस्त्र प्रहरीले खेलेको यो भूमिका प्रशंसनीय रहेको स्थानीयवासिले बताएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती र चेकजाँचमा कडाइ गरेपछि दैनिक भन्सार असुलीको दरमा सकारात्मक सुधार आएको छ। तस्करहरूले अनेकौँ उपाय अपनाए पनि सशस्त्र प्रहरीको सक्रियताका कारण उनीहरूको प्रयास असफल हुँदै आएको छ।

उहाँ आफैँ पनि कार्यकक्षमा मात्र सीमित नरही मध्यरात र बिहानको समयमा आकस्मिक रूपमा सीमा नाकाहरूको स्थलगत निरीक्षण (सरप्राइज चेकिङ) मा निस्कने गरेको बताएका छन् । कमान्डर आफैँ खटिएपछि तल्लो तहका सुरक्षाकर्मीहरूको मनोबल उच्च भएको र कार्यसम्पादनमा पारदर्शीता आएको गण स्रोतले जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech