जानकीमा विभिन्न प्रजातिका ४ हजार भन्दा बढी विरुवा वितरण

शाख न्यूज    प्रकाशित: २०८३-४-१२ गते   १५८ पटक हेरिएको

बाँके - जानकी गाउँपालिका–मानपुरमा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ४ हजार ८ सय २० वटा विरुवा वितरण गरिएको छ।

जानकी गाउँपालिका मानपुर बाँकेको वातावरण तथा विपद् व्यवस्थापन समितिको अगुवाइमा वन बीउ प्रयोगशाला भण्डारण केन्द्र तथा आधुनिक अनुसन्धानमूलक नर्सरी, कोहलपुर बाँकेको सहयोगमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियानअन्तर्गत स्थानीय जनसमुदाय तथा किसानलाई विरुवा वितरण गरिएको हो।

कार्यक्रममा मयुरपँखी १ हजार, वीरेन्द्रफूल ५ सय, कपूर २ सय, कल्पीफूल १ सय, पारिजात ३ सय, छतिवन ५०, अमला ८ सय, युक्लिप्टस ८ सय, अम्बा ५ सय, कागती ३ सय, समी १०, सागवान १ सय, सतिसाल १ सय र गोलमोहर ५० वटा विरुवा वितरण गरिएको जनाइएको छ।

विरुवा वितरण गर्दै आयोजकले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा गाउँपालिकालाई हरियालीयुक्त बनाउने अभियानमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech