नेपालगन्ज - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा-नेपालगन्जले ५ लाख ११ हजार सहयोग गर्ने निर्णय गरेको छ।
अस्पतालमा आबद्ध समाजसेवी, कार्यरत कर्मचारी तथा अस्पतालको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अस्पतालका प्रवन्ध निर्देशक डा.कौशलकुमार वर्माले जानकारी दिए ।
अस्पतालले नेपाल नेत्रज्योति संघ, त्रिपुरेश्वर, काठमाडौंमार्फत नेपाल सरकारलाई उक्त सहयोग रकम उपलब्ध गराउने जनाएको छ।
२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गर्ने निर्णय गरिएको वर्माले बताए ।