बाँके - नेपालगञ्ज उपमहानगरपालिका–मनिकापुरमा ज्येष्ठ नागरिकहरूको सम्मान, संरक्षण, स्वास्थ्य तथा सामाजिक सुरक्षाका विषयमा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
"ज्येष्ठ नागरिकको सम्मान, हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको हकअधिकार, उहाँहरूको सहज जीवनयापन र राज्यबाट पाउनुपर्ने सेवा सुविधाका विषयमा गहन छलफल भएको थियो। कार्यक्रमका वक्ताहरूले अग्रजहरूको अनुभव र आशीर्वाद नै समाज विकासको मुख्य जग भएको कुरामा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियानकर्मी विकास बहादुर सिंहले ज्येष्ठ नागरिकहरूको हकअधिकार र सहज जीवनका लागि आफूहरू सधैं कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, उनले यस पवित्र कार्यलाई सफल बनाउन अहोरात्र खटिनुहुने आदरणीय मधु सिंह खत्री, गोल्डेन एबिसी एकेडेमी (Golden ABC Academy) र बाँके हाई स्कूल (Banke High School) परिवार लगायत उपस्थित सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।