नेपाली परिकार तथा पारिवारिक वातावरणमा सुसज्जित होटल सेबेन हेभेन

शाख न्यूज    प्रकाशित: २०७८-७-१६ गते   ९८० पटक हेरिएको

चितवन १६ कार्तिक - चितवनको भरतपुर -७ प्रेमबस्तिमा होटल सेवेन हेभन आफ्नो भौतिक संरचाना सुधार गर्दै गुणस्तरीय, आधुनिक सुविधायुक्त बनाएको छ । कोरोना भाइरस संक्रमणले थला परिरहेको होटल, ब्यापार–व्यवसायमा अनवरत सेवाभावले सेवा प्रदान गर्दै आएको सो होटल पुग्ने जोकोहीले होटलको साजसज्जा, अत्याधुनिक सुविधा, आरामदायी एवम लालयीत हुने गर्छन् । सो होटलमा बिवाह ब्रतबन्ध पार्टी सेमिनार गोष्ठी लगायतका कार्यक्रम गर्नकालागि हल उपलब्ध हुनुका साथै ५ वटा कोठा समेत रहेका छन् । होटलका हरेक स–साना कुरालाई सुक्ष्मरुपमा अध्ययन र निराकरण गर्ने गरेको होटल सेबेन हेभनका प्रबन्ध निर्देशक हरि चालिसेले बताउँछन् ।
यतिबेला होटल सेबेन हेभन जाने जोकोही पनि होटलको ब्यवस्थापकीय पक्ष, अत्याधुनिक सुविधा, पारिवारिक बाताबरण लगायतका कुराले प्रभावित बन्ने गरेकाछन् ।यहाँबाट प्रदान गरिने सेवाको गुणस्तरता, पाहुनाको आरामदायी बसाई, रुचीअनुसारको खानपान लगायतको विषयलाई ससक्तरुपमा परिस्कृत गरिरहेको होटलका प्रबन्ध निर्देशक चालिसेले बताए ।
होटल सेबेन हेभन करिब १ करोडको लागतमा निर्माण भएको संचालिका सबनम चालिसेले बताइन् । पारिवारिक बाताबरणमा सु- सज्जित सो होटलले आफ्नो गुणस्तरयीतामा स्तरउन्नती तथा ग्राहकलाई सुपथ मूल्यमा सेवा प्रदान गर्दै  चितवनको दुम्सिघोल ४ गैंडाकोटमा पनि होटल सेबेन हेभेन २ पनि संचालन गरेको होटल संचालिका सबनम चालिसेले बताएकी हुन।
ब्यापार व्यवसाय फस्टाउनु भनेकै फाइदा हो । त्यसैले पनि नयाँ व्यवस्थापनसंगै अत्याधुनिक सुविधाबाट होटलको स्तरोन्नती गरिएको छ ।’प्रबन्ध निर्देशक चालिसेले भने –‘होटलको नयाँ स्वरुप, ब्यवस्थापकीय तथा शुद्ध नेपाली खानाका परिकार पस्किनु नै हाम्रो विशेषता हो साथै गाडीका टिकट , हवाईजहाजका टिकट लगायत एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको जानकारी दिए। कोरोनाका कारण लगभग शून्यमा झरेका होटल व्यवसाय पुरानै स्वरुपमा फर्किन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमकैबिच खुला भएको होटल ब्यवसाय फस्टाउन थालेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech