बाँके चैत ¬ स्व. श्री राम निवास यादव ज्यु ने.क.पा.एमालेबाट जानकी गाउँ पालिकाबाट निर्वाचित गा.पा.अध्यक्ष हुनु हुन्थ्यो । उहाँको नेतृत्वमा जानकी गाउँपालिका मा खेलकुद सामाजिक, आर्थिक र खेलकुदमा धेरै विकास भएको थियो उहाँको कार्यकाल पुरा नहँुदै उहाँको अस्माहिक निधनले जानकी गाउँपालिकाले एक साहसिक, सज्जन अभिभावक गुमाउनु परेको अवस्था सर्वबिधीतै छ । त्यसैले उहाँको सम्झनामा सो आई. टि. एफ तेक्वान्दो डोजाङ्गले जिल्ला स्तरिय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्मबाट स्वस्थ्य समाजको निर्माण खेलकुद पर्यटनको विकासका साथ साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुको उत्पादन गरी जिल्ला ,क्षेत्र र देश नेतृत्व गर्दै अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुको निर्माण गर्ने उद्देश्यले नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको मातहतमा रहेको बाँके जिल्ला नेपाल आई.टि. एफ . तेक्वान्दो संघको अधिनमा रहेको श्री जानकी आई. टि.एफ तेक्वान्दो डोजाङ्गको आयोजनामा आयोजित बाँके जिल्ला स्तरिय प्रथम स्व. राम निवास यादव स्मृति नेपाल आई.टि.एफ. तेक्वान्दो प्रतियोगताको आयोजना गर्ने भएको छ । श्री जानकी आई. टि.एफ तेक्वान्दो डोजाङ्गले आईतबार पत्रकार सम्मेलन गरि चैत १८ र १९ गते प्रतियोगिताको आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्दि«य सदस्य होम सुनारले जानकारी दिएका हुन ।
सो प्रतियोगितामा २४ वटा गोल्ड, २४ वटा सिल्भर तथा ४८ वटा कास्य पदकका लागि प्रतिस्पर्धामा २० देखि ७५ केजि सम्मको तौल समुहमा पुरुष र महिला गरि जिल्ला भरिका संचालनमा रहेका १० वटा डोजाङ्गबाट करिब ३ सय खेलाडीहरुको सहभागिता रहने छ । सो प्रतियोगितामा ५० जना अफिसियल भोलेन्टरको उपस्थिती रहनुका साथै उक्त प्रतियोगिताको लागि करिब ६ लाख ७९ हजार रकम खर्च गरिने बाँके जिल्ला आई.टि. एफ . तेक्वान्दो संघका अध्यक्ष रन्जित गिरिले बताएका हुन । प्रतियोगिताको उद्धघाटनमा स्व. यादवका छोरा हिमान्शु यादवको प्रमुख आतिथ्यमा हुने र समापन का.बा. भुमिसरा धितालको प्रमुख आतिथ्यमा हुने महासंघका केन्दि«य सदस्य होम सुनारले सम्मेलनमा बताएका हुन ।
सो प्रतियोगितामा लागत खर्च स्थानिय निकाय तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको मातहतमा रहेको बाँके जिल्ला नेपाल आई.टि. एफ . तेक्वान्दो संघको अधिनमा रहेको श्री जानकी आई. टि.एफ तेक्वान्दो डोजाङ्गले उपस्थित सम्पूर्ण खेलाडीहरुलाई खाजा तथा नास्ताको व्यवस्था मिलाउनुका साथै उक्त प्रतियोगिता जानकी मा.बि. खजुराखुर्दमा संचालन हुने डोजाङ्गका प्रमुख तथा कार्यक्रम संयोजक जग्दिश प्रशाद यादबले जानकारी दिएका हुन ।