कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   ११३२ पटक हेरिएको

सल्यान - सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । ४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकीले जित हाँसिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत ल्याए भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech