कृष्णपुरको नगरकार्यपालिका सदस्यमा कांग्रेस विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-२३ गते   ३३२ पटक हेरिएको

कञ्चनपुर २३ जेठ -  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको बहुमत भएकाले कार्य पालिका सदस्य काँग्रेसबाटै निर्वाचित भएका हुन । नेपाली काँग्रेस कृष्णपुरका नगर सभापति विष्णु खडकाले नगर समितिबाट जिल्ला सिफारिस गरेको आधारमा ३ मनोनित र ५ महिलाबाट कार्यपालिका सदस्य निर्वाचित भएको बताए । मनोनितबाट मदन राज नेपाली, दिल ब. टमाटा, खेम्पा कामी र महिला सावित्री भारती, रत्ना बोहरा, गंंगा नेपाली, आरती बोहरा(धामी), कालिका चौधरी कार्यपालिका सदस्यमा   चयन भएका छन । अब कार्यपालिका बोर्डमा कांग्रेसको सुविधाजनक बहुमत पुगेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech