नगरपालिकाको सहयोगमा एक हप्ते व्यावसायिक तालिम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-२-३० गते   ३८८ पटक हेरिएको

कंचनपुर - कंचनपुरको  वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा ७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । यही जेठ २३ गतेदेखि सुरु भएको तालिम आईतवार जेठ २९ गते सम्पन्न भएको हो । कञ्चनपुरको वेदकोट नगरपालिकाको आर्थिक सहयोग तथा विपन्न महिलाको लागि जीविकोपार्जन तालिम तथा कार्यक्रमको आयोजनामा सम्पन्न उक्त तालिममा विपन्न महिलाहरुको सहभागिता रहेको थियो । शारदा उच्च मा.बि. को सभाहलमा संचालन भएको तालिमको समापन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले तालिमका लागि मात्रै तालिम नभई सिकेको सीपलाई व्यावसायिक रुपमा आत्मसाथ गर्न सक्यो भने महिलाहरु आत्मनिर्भर हुन सक्ने जानकारी दिएकी हुन ।

अति विपन्न महिलाहरुको विकासका लागि र विपन्न महिलाहरुलाई व्यावसायिक रुपमा अगाडि बढाउनका साथै उनीहरुलाई  स्वरोजगार तथा आत्मनिर्भर बनाउनका लागि वेदकोट नगरपालिका सदैव तयार रहेको नगर उपप्रमुख जोशीले बताइन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech