कंचनपुर ३० जेठ — बेदकोट नगरपालिका वडा नं. ६ मुसेपानीमा श्री किनबेच बचत तथा ऋण सहकारी संस्था लि. को समुदघाटन कार्यक्रम बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोसीको प्रमुख आतिथ्यमा सोमबार गरिएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख जोसी ले यदि यो सहकारीले राम्रो गर्दै गयो भने बेदकोट नगरपालिकाले नै सहयोग गर्ने जानकारी दिएकी हुन । राज्यको लक्ष्य सहकारीले पुरा गरेको र यस सहकारीमा आबद्ध सदस्यहरूको लक्ष्य पुरा गर्नको निम्ति सदैव अग्रसर रहेको उनले बताईन । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति,संस्थाका अध्यक्ष बिसन दत्त बडुले यस सहकारीले सधै सदस्यहरूको आर्थिक विकासको निम्ति काम गरेको र आगामी दिनमा पनि गर्ने बताएका छन ।
समुदघाटन कार्यक्रममा बिश्ष्टि अतिथि बेदकोट नगरपालिका सहकारीका शाखा अधिकृत पदम बहादुर ठकुराठी , बेदकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलसी राना , वडा सदस्य , गणेश सामुदायिक बनका अध्यक्ष किसन सिंह भण्डारी , समाजसेवि, बुद्धिजिवी, लगायतका महानुभावहरुको आतिथ्यमा, संस्थाका प्रतिनिधिहरु, शेयर धनी सदस्यहरुको उपस्थिति रहेको थियो । भने उक्त समुदघाटन कार्यक्रमको व्यवस्थापन संस्थाका ब्यवस्थापक दामोदर भट्टले गरेका थिए ।