महेन्द्रनगर २ असार - कंचनपुरको भिमदत्त नगरपालिका महेन्द्रनगर गल्ली नम्बर ४ बस्ने राजेश चन्द्र भट्ट जेठ १९ गतेदेखि बेपत्ता भएका थिए । उनी जेठ १९ गते साँझ ४ बजेदेखि घरबाट बेपत्ता भएका हुन । १५ दिन बितिसक्दा पनि उनि फेला नपरेकाले परिवार तथा आफन्तजन चिन्तामा रहेका छन ।
घरबाट निस्कदा उनले हरियो टिसर्ट , आर्मी पाइन्ट, हातमा कालो झोला भिरेका थिए । अन्दाजी ५३ वर्षका भट्ट जेठ १९ गतेबाट बेपत्ता भएको भट्टका ज्वाँइ पुकार जोशीले जानकारी दिएका छन् ।
कसैले भेटाएमा ९८४८७५८८४१ वा ९८१०७०९३४४ नम्बरमा फोन गरेर जानकारी दिन समेत परिवारजन तथा आफन्तजन हार्दिक अनुरोध गरेका छन ।