ट्राफिक प्रहरी कार्यालय अत्तरियाद्वारा ३ जना प्रहरीहरुलाई सम्मान

शाख न्यूज    प्रकाशित: २०७९-३-४ गते   ३५५ पटक हेरिएको

कैलाली ०५ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा कार्यरत प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन्।

जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ। (साभार : सोधपत्रडटकम)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech