कंचनपुर ०५ असार - वैदेशिक रोजगारीको सिलसिलमा युएईमा ज्यान गुमाएका कंचनपुरका खडक साउदको परिवारलाई सुदुर पश्चिम सेवा समाज युएईले सहयोग गरेको छ ।
सुदुर पश्चिम सेवा समाज युएई (२०१५) द्वारा आइतबार आर्थिक सहयोग तथा हस्तान्तरण कार्यक्रम कंचनपुर स्थित बेदकोटमा सम्पन्न भएको छ ।
रोजगारीको शिलशिलामा युएईमा ज्यान गुमाएका बेदकोट नगरपालिका वडा नं. ०४ बगुनका स्व• खडक साउद प्रती भावपुर्ण श्रद्धाञ्जली र शोक सभा तथा मृतकका परिवारलाई सान्त्वना स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा मृतकका परिवारलाई सुदुर पश्चिम सेवा समाज युएई(२०१५) ले रु २ लाख सहयोग गरेको छ । बेदकोट नगरपालिकाका तर्फबाट सान्त्वना स्वरुप रु २५ हजार सहयोग गर्ने नगर प्रमुख भोजराज बोहराले प्रतिबद्धता जाहेर गरेका छन ।
विगत लामो समय देखि क्रियाशिल सुदुर पश्चिम सेवा समाज युएईले युएईमा कार्यरत समस्यामा परेका सुदुरपश्चिमका नागरिकलाई सहयोग गर्दै आइरहेका छन् ।