कंचनपुर ०९ असार - उदयदेब माध्यमिक विद्यालय बेदकोट ०९ ,सुन्दरपुरमा जिल्ला प्रहरी कार्यालय कंचनपुरको साझेदारीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा बेदकोट नगरपालीकाद्वारा लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा किशोर किशोरी र अभिभावक (सरोकार वाला) हरुसंग लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रणको लागि बिहिबार छलफल गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कंचनपुर इन्सपेटर भरत गिरिका अनुसार अधिकांस अपराधको मुख्य कारण लागू औषध दुर्व्यसन तथा मदिरा सेवन रहेको बताएका छन । मदिरा सेवनबाट हुने अपराधको सूची समेत लामो छ , झै झगडा ,यौन प्रेरित हमला, डकैती, बलत्कार, घरेलु हिंसा, हत्या, बाल यौन शोषण , सडक दुर्घटना लगायतका घटनाको पछाडि लागु औषध दुर्व्यसन तथा मदिरा सेवन रहेको हुनाले यसलाई नियन्त्रण गर्न किशोर किशोरी र अभिभावक लगायत सरोकार वालाहरु सबैले सहयोग गर्नुपर्ने समेत इन्सपेटर गिरिले बताएका छन ।
लागु औषधका कारण ब्यक्ति, परिवार र समाजमा ठुलो असर पार्दै आएको तथा घरेलु हिंसाको एक प्रमुख कारण दुब्र्यसन रही आएको छ साथै बाल दुब्र्यबहार र बाल यौन शोषणका घटना पछाडि र्दुब्र्यसन एक प्रमुख कारण रहेको उपप्रमुख तुलसी जोशीले बताईन । लागू औषध र दुर्व्यसनका कारणले समाजमा पारेको असर नियन्त्रण गर्न का लागि विद्यार्थीको अहम भुमिका हन्छ उपप्रमुख जोशीले जानकारी दिइन । सो कार्यक्रमा बिद्यार्थि, शिक्षक, समाजसेबि, बुद्धिविी, कर्मचारी लगायत , प्रहरीहरुको समेत उपस्थीति थियो ।
