बरिष्ठ उपाध्यक्ष एंंव उद्योगी व्यवसायी जोशी अध्यक्ष पदका लागी आँकाक्षी

शाख न्यूज    प्रकाशित: २०७९-३-१० गते   ३७५ पटक हेरिएको

महेन्द्रनगर १० असार - कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एंंव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।
वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्ष पदका लागि आँकाक्षी देखिएका हुन ।
जोेशीले वाणिज्यसंघमा सदस्यदेखि बरिष्ठ उपाध्यक्षको जिम्मेबारी निर्वाह गरेसकेका छन । प्राकृतिक न्यायको सिद्धान्त अनुरुप पनि बरिष्ठ उपाध्यक्षले अध्यक्षमा दावि गर्नु, आँकाक्षा राख्नु र चुनावमा होमिन स्वभाविक भएको भन्दै आम व्यवसायीले यस पटक बरिष्ठ उपाध्यक्षको समेत जिम्मेबारी सम्हालीसकेका जोशीलाई सर्वसम्मतको पक्षमा देखिएका छन ।
०७६ देखि ०७८ सम्म लगातार कोरोना महामारीका धरासायी बनिरहेको व्यापार व्यवसाय क्षेत्रलाई समेत उकास्नका लागि कुसल नेतृत्वको पक्षमा व्यवसायी देखिएका छन ।
वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको तय गरिएको छ। पिताम्बर जोशी किशोरा अवस्थादेखि व्यापारिक क्षेत्रमा काम गर्दै आएका थिए । जोशी सुदूरपश्चिमकै सफल उद्योगी व्यवसायी एव समाजसेवीका रुपमा परिचित छन ।                                                                                                      महासचिवका लागि युवा व्यवसायी खगेश्वर बोहराको चर्चा ।।

कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आङ्काक्षी देखिएका छन् । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन् । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ । झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाङ्क्षी देखिएका छन् । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । सुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए । २०६२ सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन् । वाणिज्य शास्त्रमै स्नातक तह उत्तीर्ण गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एवं आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रूपमा चिनिन्छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech