महेन्द्रनगर १० असार - महिला बालबालिका तथा जेष्ठ नागरिक बेदकोट नगर शाखा द्वारा संगी प्याड निर्माण तथा महिनावारी स्वच्छता सम्बन्धि २ दिने तलिम संचालन गरिएको छ ।
महिलाको स्वास्थ्यलाई मध्य नजर गर्दै संगि प्याड किन्ने खर्च बचत होस् भन्ने उद्देश्यले प्याड बनाउने तालिम दिएको महिला बालबालिका तथा जेष्ठ नागरिक बेदकोट शाखाले जनाएको छ । सो तालिम शुक्रबार देखि शनिबारसम्म २ दिन संचालन गरिने भएको छ ।
सो कार्यक्रममा बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा भएको थियो । त्यसैगरी सभापतिमा राधिका पन्त , विशिष्ट अतिथिमा नगर उपप्रमुख तुलसी जोशी थिइन् ।
महिनावारीको समयमा महिलालाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो’, बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भनिन । यो तालिममा प्याड बनाउन सिकाउने, महिनावारी स्वच्छताको ज्ञानसमेत प्रदान गरिने बताएकि छिन ।
महिनावारी तथा सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धिका लागि प्याड निर्माणका लागी तालिम सञ्चालन गरेको कार्यक्रमका सभापति राधिका पन्तले बताइन् ।
तालिममा भिमदत्त नगरपालिकाका अनमी तुलसी जोशी र बेदकोट नगरपालिकाका अनमी भावना रावल प्रशिक्षण दिने भएका छन ।
कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक बेदकोट शाखाका शुनिता भट्टले गरेकी थिइन् ।