बेलडाँडी गाँउपालिकाले लयायो ४८ करोड ७८ लाखको बजेट

शाख न्यूज    प्रकाशित: २०७९-३-१० गते   ५३३ पटक हेरिएको

कंचनपुर १० असार -  बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउ सभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । गाउँ सभामा अध्यक्ष हरिश चन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले बजेट पेश गरेकी छन् । गाउँ सभामा ४८ करोड ७८ लाखको बजेट पेश गरिएको छ । गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाको सभाध्यक्षतामा आयोजित अधिवेशनमा पूर्व सांसद एवं संविधानसभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह सञ्चालन गरिएको हो ।
गाउँ सभाको नीति तथा कार्यक्रममा विज्ञान विद्यालय सञ्चालन, बहुप्राविधिक शिक्षालय स्थापना, भूमिहिन,सुकुमबासी, आरक्ष पीडितलाई जमिन उपलब्ध गराउने, पर्यटकीय क्षेत्र संरक्षण, उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्र्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३०यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुटदिईने, जनतासंग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा लगायतका समावेश गरिएका छन् ।सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अवलम्बन गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech