शनिवारदेखि १० दिने व्यवसायिक हाउस पेन्टिङ्ग तालिम शुरु 

शाख न्यूज    प्रकाशित: २०७९-३-११ गते   ४७९ पटक हेरिएको

कंचनपुर ११ असार — वेदकोट नगरपालिकामा दलित समुदायका युवाकाहरुका लागि व्यवसायिक हाउस पेन्टिङ्ग तालिम तालिम घटाल मा.बि सुडामा शुरु भएको छ । वेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्र, नेपालको आयोजनामा दलित समुदायका युवाका लागि १० दिने व्यवसायिक हाउस पेन्टिङ्ग तालिम शनिबार देखि सुरु भएको हो । उक्त तालिम वेदकोट नगरपालिका का उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिमको उद्घाटनमा यस हाउस पेन्टिङ्ग तालिमलबाट दलित समुदायका युवाहरु आत्मनिर्भर तथा स्वरोजगार बन्न सकिने तथा आर्थिक अभावबाट बच्न सकिने कुरा बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशिले बताईन । 
उक्त तालिमको उद्घाटनमा वेदकोट नगरपालिकाका जनप्रतिनिधी, दलित यृवाहरु , समाजसेवी , बुद्धिजिवी, प्रशिक्षक , प्रशिक्षार्थी लगायतको उपस्थिती रहेको थियो । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech