कंचनपुर १२ असार — सामुदायिक महिला तथा बालबालिका बिकास केन्द्र ,नेपालले दलित युवाहरुको लागि बाख्रा पालन तालिम संचालन गरेको छ । बेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका बिकास केन्द्र ,नेपाल द्वारा आयोजना गरिएको दलित समुदायका युवाका लागि ५ दिने व्यवसायिक बाख्रा पालन तालिम बेदकोट — ०३ मिनि डाउना होटलको सभाहलमा आईतबार देखि सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बेदकोट नरपालिका प्रमुख भोजराज बोहराले दलित समुदायका युवाका लागि नगरपालिकाले सहयोग गर्ने बताएका छन । दलित युवाहरुले तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवसायिक तथा आत्मनिर्भर बन्न समेत प्रमुख बोहराले आग्रह गरेका छन ।
व्यवसायिक बाख्रा पालन तालिमले बेरोजगार रहेका दलित समुदायका युवाहरुले मनग्य आम्दानी कमाउन सकिने तथा व्यवसायिक रुपमा समेत अगाडि बढ्न सकिने कुरा लाई बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले जोड दिएकी छिन ।
सो तालिममा दलित समुदायका युवाहरुको सहभागिता रहेको थियो ।