चितवन क्षेत्र नं २ मा रवि लामिछाने विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-८ गते   ९१७ पटक हेरिएको

चितवन ८ मंसिर - चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । उनले ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरेका थिए। 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech