कैलालीका तीन जनाको निस्सासिएर भारतमा मृत्यु

शाख न्यूज    प्रकाशित: २०७९-९-१८ गते   ३९८ पटक हेरिएको

नेपालगन्ज - भारतमा निसास्सिएर एकै परिवारका तीन नेपालीको ज्यान गएको छ । मेरठस्थित एक घरमा बस्दै आएका उनीहरु चिसोबाट बच्न राति कोइला बालेर सुतेको र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको ज्यान गएको बताइएको छ । 

ज्यान जानेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन् । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए । 

चन्द्र र राधाको घटनास्थलमै र छोरी अञ्जलीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech