नेपालगन्ज १८ पुस - जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले कोभिड - १९ को महामारीका बेला उत्कृष्ट काम गर्ने चार जना लाई सोमबार सम्मानित गरेको छ । कोभिड - १९ को महामारीको रोकथाम , नियन्त्रण, उपचार, खोप तथा सुचना ब्यवस्थापनमा अहम भुमिका निर्वाह गरेकाहरुलाई सोमबार जिल्लामा सम्मान गरिएको थियो ।
बिपद ब्यवस्थापन समितीका फोकल पर्सन राम कुमार सोनखर , स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालि र कोभिड - १९ ब्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलि सम्मनित भएका हुन ।
प्रमुख जिल्ला अधिकारी बाँकेका तथा समितिका संयोजक सुर्य बहादुर खत्रीले सोमबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए ।