कंचनपुर २७ पुस - तेक्वान्दोका खेलाडी हेम बहादुर बस्नेतले ‘छैटौँ डान ग्राण्ड’ माष्टर बेल्ट पाएका छन ।कंचनपुर स्थित महेन्द्रनगरमा बस्नेतले ‘छैटौँ डान माष्टर बेल्ट पाएका हुन । फाईभ डन बस्नेतलाई हालै काठमाण्डौँमा नेपाल तेक्वान्दो संघले गरेको ग्रेटिङ्गमा छैटौँ डान माष्टर नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार लामो समयदेखि तेक्वान्दोका खेलाडी समेत रहेका बस्नेतले छैटौँ डान ग्राण्ड माष्टर ब्ल्याक बेल्ट पाएसंगै महाकाली अञ्चलकै सिनियर खेलाडीभित्र पर्छन ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान ब. चन्द, महासचिव दिपराज गुरुङ्गले बस्नेतलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । भीमदत्त नगरपालिका १८ का वडा सदस्य समेत रहेका तेक्वान्दोका प्रशिक्षक बस्नेत खेलक्षेत्रमा उकालोमा छन । उनलाई भीमदत्त नगरका मेयर पदम बोगटी सहितका जनप्रतिनिधी, खेलाडीले समेत बधाई तथा स्वागत गरेका छन । उनले आफ्नै निजी जिमहाउस, तेक्वान्दो दोजान खोलेका छन ।
फ्लोरिया, ग्लोबल, नवप्रतिभा, सार्क सहितका विद्यालयमा प्रशिक्षण गराईरहेका छन । भीमदत्त नगरपालिका नगर खेलकुदविकास समिति सदस्य, तेक्वान्दो संघ भीमदत्त नगर अध्यक्ष, जिल्ला उपाध्यक्ष र प्रदेशको सदस्य समेत रहेका बस्नेतले खेल क्षेत्रको विकासका लागि काम गर्दै आएका छन । तेक्वान्दो संघ कञ्चनपुरको प्रशिक्षण हल निर्माण उपभोक्ता समितिको अध्यक्ष भएर समेत बस्नेतले काम गरेका थिए ।