नरैनापुरबाट अबैध काठ सहित ३ जना भारतीय मजदुर पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-९-२८ गते   ४०२ पटक हेरिएको

नेपालगन्ज २८ पुस -  बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ३ जना भारतीय नागरिक  पक्राउ परेका छन् ।

बुधबार अवैध काठ लुकाई राखिएको र  भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा सँगै गएको नरैनापुर सव-डिभिजन वन कार्यालयका  रेन्जर जगबिर खत्रीको टोली आज दिउँसो साढे २ बजे  गाउँपालिकाको वडा नम्बर ६ स्थित नयाँ बस्तीमा लुकाई राखिएको अवस्थामा  १७.१५ क्युफिटका   ३३ थान  सालको कडीसहित ३ जनालाई पक्राउ गरेको हो ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।

अवैध काठसहित पक्राउ परेका सबै भारतीय नागरिकलाई आबश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय बाँकेलाई बुझाइएको प्रहरीले जनाएको छ।

साथै मुख्य काठ तस्करी ठेकदारको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सुनारले बताएका छन 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech