प्रेम सिंह एस.के .
नेपालगन्ज २९ पुस - नेपालगन्जको जमुनाह नाकाबाट शुक्रबार अबैध सामग्री बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहको कमान्ड समाहाले पछि विभिन्न खालका तस्करहरुको निद्राहराम हुन थालेको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५
स्थित इलाका प्रहरी कार्यालय जमुनाहाले अबैध रुपले भन्सार छली गरेर ल्याउदै गरेको अबैध सामान बरामद गरिएको हो ।
प्रहरी कार्यालय जमुनाहा बाट को खटिएको टोलिले चेकजाँच गर्नेक्रममा विभिन्न समय शुक्रबार चिनी ३ बोरा , सेलो पेन १० कार्टुन , सुपरपावर सुर्ती १ सय , जेन्स सुट ६ थान , भेली ८० के.जि. , लेडिज ऊनी सुट १४ पिस , पिठो २ बोरा लगायत अनुमानित १ लाख १२ हजार ९ सय बराबरको अबैध सामान बरामद गरिएको हो । बरामद गरिएको अबैध सामान जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख इन्चार्ज पुरण बिक ले जानकारी दिएका छन ।