खजुरा गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-९-३० गते   ४७२ पटक हेरिएको

बाँके - बाँकेको खजुरा गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ । गत पुस २४ आइतबार देखि सुरु भएको गाउँपालिकाको सभा तथा हिंउँदे अधिवेशनले विभिन्न कानुन तथा बिधेयकहरु सहित सभाबाट पास गरिएको छ । पेस गरिएका बिधेयकहरु शुक्रबार गाउँ सभा बाट पारित गरिएको थियो ।

२०७९-८० को नीति, कार्यक्रम तथा बजेटका बारेमा समिक्षा भएको थियो । अधिवेशनमा पछिल्लो ६ महिनामा भएको कार्यक्रमको समिक्षा गर्दै आगामी आर्थिक वर्ष भित्रमा काम गर्ने पर्ने योजनाको समिक्षा, छलफल तथा रकामान्तर गरिएको थियो । गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पछिल्लो छ महिनामा भएका प्रगति, योजनाको अवस्थाको बारेमा अधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अधिवेशनमा अति आवश्यक योजना सम्पन्न गर्नका

लागि रकामन्तर देखि लिएर योजनाका बारेमा अधिवेशनमा उपस्थित गाउँसभाका सदस्यहरुले सल्ला, सुझाव दिएका थिए । अधिवेशनमा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १५ दफा १०२ बमोजिम गाउँपालिका क्षेत्राधिकार भित्र रहेको विभिन्न चार विधेयक स्वीकृतका लागि सभामा पेश गरिएको थियो ।जसमा खजुरा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०७९ र स्वास्थ्य तथा सरसफाई २०७८ को परिच्छेद ४ को दफा १०(१) ख सहायक-अधिकृत पाँचौ र छैठौं तह (स्वा.प.न.- ज.न) १ जनाको भन्नेमा सहायक हटाई अधिकृत

मात्र उल्लेख गर्ने र पाँचौं र छैठौं को ठाउँमा ६ कायम गर्ने बारेमा अधिवेशनमा प्रस्तुत गरिएको थियो ।जसमा उपदफा (२) मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन समुह मध्येबाट भन्ने शब्दको सट्टा स्वास्थ्यकमी

मध्येबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेकाले एक जना स्वास्थ्य शाखा प्रमुख रहेको छ । अधिवेशनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले खजुरा गाउँपालिकाले जनताको आवश्यकता अनुसार योजना निर्माण गरि कार्यान्वयन गर्ने समेत बताएका छन ।

उनले भने, 'हामी सिमित स्रोत र साधानलाई प्रयोग गर्दै खजुरा गाउँपालिकाको आर्थिक समृद्धिको आधार निर्माण गर्ने प्रयास गरिरहेको छौं । खजुराको समग्र विकासका लागि यहाँका युवाहरुलाई कृषि र व्यवसायमा जोड्ने प्रयास गरिरहेका छौं ।

सो सभामा जनप्रतिनिधि , कर्मचारी , बुद्धिजीवी , सुरक्षाकर्मी , लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech