नेपालगन्ज । पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर ७२ जहाज आज बिहान दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटना प्रति दुख व्यक्त गरेका छन् । गृह मन्त्रालय, सुरक्षाकर्मीलाई दुर्घटनामा परेकाको उद्धार गर्न निर्देशन दिए । गृहमन्त्री रबि लामिछाने पोखराको दुर्घटनास्थल जाने तयारीमा छन् ।
दुर्घटनाग्रस्त जहाजबाट अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । जहाजमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।