पोखरा विमान दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

शाख न्यूज    प्रकाशित: २०७९-१०-१ गते   ७४४ पटक हेरिएको

नेपालगन्ज । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ ।

'३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं । ३४ वटा शव खोंचमा भेटिएका छन् । निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने-‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ ।’

मृतक मध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech